काठमाण्डौँ- सरकारले एकनारायण अर्याललाई मुख्य सचिव बनाउने तयारी गरेको छ । प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, बिहीबार अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले अर्याललाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिँदै मुख्य सचिव बनाउन लागेको हो ।
‘आज निमित्तको जिम्मेवारी दिनेगरी तयारी छ,’ स्रोतले अर्यालको नाम पुष्टि गर्दै छ । ‘त्यसपछिको प्रक्रिया अनुसार मुख्य सचिव बन्नुहुन्छ।’हालकी मुख्य सचिव लिलादेवी गड्तौला उमेर हदका कारण आगामी भदौ १५ बाट अनिवार्य अवकाशमा जाँदैछिन् ।
गत साउन १० गते नियुक्त भएकी उनी नेपालको इतिहासमा पहिलो महिला मुख्य सचिव हुन् । अर्याल हाल गृहसचिवको रुपमा कार्यरत छन् । अर्याललाई गृहबाट सरकारको मुख्य सचिव बनाउन लागिएको हो ।