नुवाकोट- त्रिशूली अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा उपेन्द्र बुढाथोकीलाई मनोनयन गरेको छ । बुढाथोकी सफल युवा व्यवसायीको रुपमा परिचित छन् ।
बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को पहिलो संशोधन २०८१ को दफा २६ क उपदफा (२) र (९) अनुसार बुढाथोकीलाई नियुक्त गरिएको हो ।
अध्यक्षमा मनोनित बुढाथोकी नुवाकोट उद्योग वाणिज्य सङ्घका महासचिव तथा उद्योगी हुन् ।
बुढाथोकीको नियुक्तिसँगै अस्पतालको नेतृत्वले व्यवस्थापनमा नयाँ दृष्टिकोण र सेवाको गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरेको छ ।