• ५ बैशाख २०८३, शनिबार

बिदुरमा सकिँदै कांग्रेस, माहोल बढाउँदै रास्वपा

नुवाकोट – नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशिल सदस्य नविकरण प्रक्रिया जारी रहेको बेला नुवाकोटको विदुर नगरपालिकाले नविकरणको काम सम्पन्न गरेको छ। नगरपालिकाले नविकरण फाराम जिल्ला समितिमा बुझाइसकेको छ।

विदुर नगरपालिकामा हाल २८०७ क्रियाशिल सदस्य रहेका छन्, जसमा २३०४ जनाले मात्र नविकरण प्रक्रिया पूरा गरेका छन्। नगर सचिव सुजन गजुरेलका अनुसार, “क्रियाशिल सदस्य नविकरण गर्नेहरूको संख्या घट्दो क्रममा छ।”

विदुर–१० का कांग्रेस सभापति रामशरण थापाले भने, “निर्वाचित प्रतिनिधिहरूले जनताको अपेक्षा अनुसार काम नगर्दा क्रियाशिल सदस्य नविकरणमा गिरावट आएको हो। निर्वाचनमा बोलेका कुरा पूरा नगर्दा यस्तो परिणाम आएको हो।”

कांग्रेसमा सक्रिय रहेका झण्डै १५० जना सदस्यले पार्टी छाडिसकेको जानकारी छ। सरदरमा कुल १८ प्रतिशतले मात्र नविकरण नगरेकोमा ७ प्रतिशतले कांग्रेस परित्याग गरेका छन्। विदुर नगर सभापति हरिलाल श्रेष्ठले भने, “पार्टीभित्र योगदान, त्याग र समर्पणको कदर नहुँदा आम कार्यकर्तामा नैराश्यता बढेको छ। पार्टीभित्र नयाँ सोच, नयाँ विचार, शैक्षिक योग्य र इमान्दार कार्यकर्तालाई पर्याप्त पहिचान नदिनु नै समस्या भएको विश्लेषण गरिएको छ। यसले संगठनको निर्णय प्रक्रियामा असन्तुलन ल्याएको र कार्यकर्तामा निराशा फैलाएको समाचार स्रोतले जनाएको छ। पार्टीभित्र योगदान दिने क्षमता भएका व्यक्तिहरूको उपेक्षा हुनुले आगामी रणनीतिमा समेत प्रभाव पार्न सक्ने देखिएको छ

कांग्रेसमा सदस्यता घट्दै गएको बेला रास्वपा स्थानिय तहमा सक्रिय हुँदै गएको छ। पछिल्ला वर्षमा रास्वपाको प्रभाव स्थानीय राजनीतिक गतिविधिमा बढ्दै गएको छ।

रास्वपाका जिल्ला अध्यक्ष रामेश्वर गजुरेलका अनुसार, “हाम्रो प्राथमिकता समुदायमा सामाजिक न्याय, विकास र जनसहभागिता सुनिश्चित गर्नु हो। नयाँ सदस्यहरूको सहभागिता बढ्दै गएसँगै हाम्रो कार्यक्रम र विचारलाई व्यापक रूपमा पुर्याउन सकिन्छ। स्थानीय बासिन्दाले यस बदलावलाई सकारात्मक राजनीतिक प्रतिस्पर्धा र क्षेत्रीय विकासको अवसरको रूपमा हेरिरहेका छन्।”

विशेषज्ञहरूले कांग्रेसको घट्दो सक्रियता र संगठनात्मक चुनौतीले स्थानीय राजनीतिक वातावरणमा अस्थिरता सिर्जना गर्न सक्ने चेतावनी दिएका छन्





प्रतिक्रिया दिनुहोस्