• ९ भाद्र २०८३, मंगलवार

नेपाल तरुण दल नुवाकोटको अध्यक्षमा दिलबहादुर तामाङ मनोनीत

नुवाकोट । नेपाल तरुण दल नुवाकोट जिल्ला कार्यसमितिको रिक्त अध्यक्ष पदमा दिलबहादुर तामाङ (घिसिङ) मनोनीत भएका छन्।

नेपाल तरुण दलका अध्यक्ष मनीष कोइरालाले २०८३ साल भदौ २ गतेको पत्रमार्फत तामाङलाई जिल्ला अध्यक्षमा मनोनयन गरेका हुन्।

मनोयन पत्रमा नेपाल तरुण दलको सिद्धान्त, आदर्श र विधान तथा केन्द्रको नीतिनिर्देशनबमोजिम संगठनलाई सुदृढ र गतिशील बनाउन तामाङलाई जिम्मेवारी दिइएको उल्लेख छ। साथै, २०८३ साल कात्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नसमेत निर्देशन दिइएको छ।

अध्यक्ष कोइरालाले तामाङको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन्। तामाङको मनोनयनसँगै नुवाकोट तरुण दलको संगठनलाई थप सक्रिय बनाउँदै जिल्ला अधिवेशनको तयारी अघि बढाउने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्