• १४ आश्विन २०८३, बुधबार

बिदुर काङ्ग्रेसको बागडोर सुजन गजुरेललाई

नुवाकोट, असोज १३ । नेपाली काङ्ग्रेस बिदुर नगर कार्यसमितिको अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको मतगणना पश्चात विभिन्न पदका उम्मेदवारहरूको अन्तिम नतिजा सार्वजनिक गरिएको हो।

निर्वाचन परिणामअनुसार सभापति पदमा सुजन गजुरेल २३१ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी बद्री प्रसाद रिमालले २१२ मत प्राप्त गरेका छन्।

उपसभापति (महिला) पदमा ज्ञानु थापा २१८ मतसहित निर्वाचित भएकी छन् भने रोजिना निशा चित्रकारले २११ मत प्राप्त गरेकी छन्। उपसभापति (खुला) पदमा रविन्द्र रिजाल २४२ मत प्राप्त गरी निर्वाचित भएका छन्। उक्त पदमा केदार प्रसाद रिजालले १७० मत प्राप्त गरेका छन्।

सचिव पदमा राजकुमार अधिकारी २१४ मतसहित निर्वाचित भएका छन् भने लोकनाथ रिसाल (लोकेश) ले २०७ मत प्राप्त गरेका छन्। सहसचिव पदमा कविन्द्र अधिकारी २३१ मतसहित निर्वाचित हुँदा महेन्द्रबहादुर प्याकुरेलले १७० मत प्राप्त गरेका छन्।

खुला सदस्य (वडा नं. १३) पदमा मानबहादुर तामाङले १८५ मत तथा वीरबहादुर तामाङले १७८ मत प्राप्त गरी निर्वाचित भएका छन्।

त्यसैगरी दलित सदस्य (एक जना) पदमा अनन्त मिजार १४९ मतसहित निर्वाचित भएका छन्। सो पदका अन्य उम्मेदवारमध्ये नागेन्द्र मिजारले ११७ मत र राजेन्द्र विकले १११ मत प्राप्त गरेका छन्।

अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले आगामी कार्यकालमा पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। निर्वाचन प्रक्रिया शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ। अन्य बिधाका सदस्यहरु सबै निर्विरोध निर्वाचित भएका छन ।




प्रतिक्रिया दिनुहोस्