• १० माघ २०८२, शुक्रबार

धनुषामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

ढल्केवर धनुषा धनुषामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा मिथिला नगरपालिका(३ की ७४ वर्षीया दुर्गादेवी महतो रहेको प्रहरीले जनाएको छ।
बुधबार अपरान्ह ४ बजेको समयमा पूर्व(पश्चिम लोकमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका(३ लालभित्ती चोकस्थित पश्चिमबाट पूर्वतर्फ गइरहेको ना५ख ६१०० नम्बरको बसले ठक्कर दिँदा वृद्धा महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए।

उनका अनुसार मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको हो। ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

 





प्रतिक्रिया दिनुहोस्