• १८ माघ २०७९, बुधबार

पछिल्लो २४ घण्टामा नेपालमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि

कोरोनाविरुद्दको लडाई जितेर १०७ जना घर फर्किए

काठमाडौं | पछिल्लो २४ घण्टामा नेपालमा थप १३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ९८७ जनाको स्वाब परिक्षण गरिएकोमा १३३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिए । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३८३ जना रहेको छ |

नेपालमा कोरोना संक्रमणबाट हालसम्म ४४ जनाले ज्यान गुमाइसकेका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा १०७ जनाले कोरोनाविरुद्दको लडाई जितेर घर फर्किएका छन् । योसँगै १२ हजार ९४७ जनाले कोरोनाविरुद्दको लडाई जितेर घर फर्किएका छन् ।

हाल २७ वटा प्रयोगशालाबाट कोरोना परिक्षण हुँदै आइरहेको छ ।





प्रतिक्रिया दिनुहोस्