• ४ चैत्र २०८१, मंगलवार

कोरोना रोगको संक्रमणबाट नेपालमा थप चारजनाको मृत्यु, पछिल्लो चौविस घण्टामा ३६० जना नयाँ संक्रमित थपिए ।

coronavirus nepal

नेपालमा थप ३६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको बताउनुभएको छ ।

मन्त्रालयका अनुसार आज नुवाकोटका एकजना सहित काठमाडौंमा ७६, पर्सामा ४२ जना, कपिवस्तुमा ३२ जना, मोरङ र धनुषामा २४÷२४ जना, कैलालीमा २१ जना संक्रमित भेटिएका छन् । यस्तै, सुनसरीमा १९, इलाममा १५, बारामा १४, ललितपुरमा १०, सर्लाहीमा ९, झापामा ८, अछाममा ७, गोरखामा ६, प्युठानमा ५, मकवानपुर, रुपन्देहीमा ४÷४ जना संक्रमित भेटिएका छन् ।

महोत्तरी, काभ्रे, दाङ, बझाङ र बाजुरामा ३÷३ जना, भोजपुर, सिरहा, रौतहट, कञ्चनपुर, डोटीमा २÷२ जना, भक्तपुर, दोलखा, चितवन, नुवाकोट, रामेछाप, उदयपुर, गुल्मी, पर्वत, कास्की, दैलेख, सुर्खेत, जुम्ला, मुगु, बैतडीमा १÷१ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २३३ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् । यो सँगै निको हुनेको संख्या १५ हजार ३८९ जना पुगेको छ । यस्तै, पीसीआर विधिबाट अहिलेसम्म ४ लाख १९ हजार ५७५ परीक्षणहरु गरिएका छन् । पछिल्लो २४ घण्टामा भने ६ हजार ६२२ पीसीआर परीक्षण भएका छन् । अहिलेसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ४७० जना रहेको मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्