नुवाकोटमा आज सात जनामा कोभिड–१९ (नोबेल कोरोना भाईरस) को संक्रमण भेटिएको छ । यस अघिको संक्रमितको सम्पर्क मा रहेको १९ जनाको ‘कन्ट्रयाकट्रेसिङ्ग’ गरिएको मध्य ७ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको हो ।
स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार विदुर नगरपालिकाका ६ जना र पञ्चकन्या गाउँपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको हो । उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको छ । यो सहित नुवाकोटका ५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । १० जना को उपचार भैैइरहेेेको छ। पाँच जना को नुवाकोटमै र ५ जनाको काठमाडौंमा उपचार भइरहेको छ । आज फेला परेका सबै सातै जनालाई नुवाकोटकै अस्पतालमा राखेर उपचार गरिने छ ।
आज एकै पटक समुदायस्तरका सात जनामा संक्रमण फेला परेपछि नुवाकोट थप असुरक्षित र जोखिमपूर्ण देखिएको छ । नुवाकोटमा अत्यावश्यक बाहेकका सेवालाई कम गरिएपनि संक्रमणको दर बढ्दो क्रम मा रहेेेकोलेे कडा खालको लकडाउन हुनसक्ने अनुमान गरिएको छ ।