नुवाकोटमा आज भेटिएको सात जना कोरोना संक्रमित मध्ये त्रिशूली अस्पताल र आर्मी व्यारेकका समेत रहेका छन् ।
विदुर नगरपालिकाका ६ जना संक्रमितमध्ये जबरजंग गणको एक जना र त्रिशूली अस्पतालका एक जना अहेब समेत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । अन्य ४ जना विदुर नगरपालिका कोलनी क्षेत्रका ४ जना रहेको र यसअघि संक्रमितको सम्पर्कमा आएकाहरु रहेका छ्न ।
जिल्लामा हालसम्म ५३ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ३६ जना निको भएर घर फर्किसके को स्वास्थ कार्यालयले नुवाकोट ले जनाएको छ। यसैगरी जिल्ला प्रशासन कार्यालय नुवाकोटले दैनिक सेवा प्रवाहको तालिका निर्माण गरेको छ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै तालिका बनाइएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनु भयो। तालिका अनुसार आइतबार र बुधबार विदुर नगरपालिका, सूर्यगढी, तादी र दुप्चेस्वर गाउँपालिका, सोमबार र बिहीबार बेलकोटगडी नगरपालिका, तारकेस्वर, म्यागङ र किस्पाङ गाउँपालिका, मंगलबार र शुक्रबार पञ्चकन्या, शिवपुरी, लिखु र ककनी गाउँपालिका तोकिएको छ। साथै नुवाकोट मा कोरोना सक्रमित को को सख्या बढे सङ्गै नगरपालिका को बैठक ले नुवाकोट मा केही दिन सटडाउन गर्न जिल्ला प्रसान कार्यालय आग्रह गर्ने निर्णय गरेको छ ।