• २४ माघ २०७९, मंगलवार

नेपालमा थप पाँच जनाको मृत्यु, पछिल्लो २४ घण्टामा ४६४ जना नयाँ संक्रमित थपिए,

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो पटक पाटन अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएसँगै मृतककाे कुल सङ्ख्या ७० पुगेको छ ।

मृतकमा पर्साका ३ जना तथा सिरहा र सर्लाहीका एक एक जना हुन् ।पर्साका ४५ वर्षीय, ५७ वर्षीय र ७९ वर्षीय तथा सिराहाका २५ वर्र्षीय र सर्लाहीका ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २२ हजार २ सय १४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् ।जसमा काठमाडौंमा अहिलेसम्मकै बढी एक सय ६ जना रहेका छन् ।हाल ६ हजार ३ सय ३० जना सक्रिय संक्रमित रहेका छन् । ३ जना भेन्टिलेटरमा रहेका छन् ।हाल १० हजार २ सय ७ जना क्वारेन्टिनमा रहेका छन् ।पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ जनाको पीसीआर परीक्षण भएको छ ।पछिल्लो २४ घण्टामा ४ सय २५ जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार ८ सय १४ जना कोरोना भाइरसबाट मुक्त भएका छन् ।





प्रतिक्रिया दिनुहोस्