• १ माघ २०८१, मंगलवार

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।शुक्रबार प्रधानमन्त्री ओली र उहाँ निकटमा भई काम गर्ने सचिवालयका कर्मचारीहरूको स्वाब संकलन गरी परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीसँगै उहाँका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापालगायत पहिलो सुरक्षा घेरामा रहेका सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएको हो ।

कोरोना संक्रमण पुष्टि भएका प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्रीसहितको कोरोना परीक्षण गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको हो ।





प्रतिक्रिया दिनुहोस्