• १८ माघ २०७९, बुधबार

रसुवाको पहिरो पिडित लाई सांसद मोहन आचार्य को सहयोग

नुवाकोट। पहिरोबाट बिस्थापित रसुवाको आमाछोदिङ्मो गाउँपालिका १ हाकुस्थित फुलबारीका ८ परिवारलाई सांसद मोहन आचार्यले अस्थायी आवास निर्माणका लागि सहयोग गरेका छन् । आचार्यले आवास निर्माणका लागि आवश्यक सामाग्री सहित राहत स्वरुप खाद्यान्न सहयोग गरेका हुन् ।पिडित ८ परिवारलाई सदरमुकाम धुन्चेस्थित केबुमा ३ रोपनी जग्गा भाडामा लिई अस्थायी आवास निर्माणका लागि प्रति परिवार ४० पिस जस्ता, २५ पिस बास र आवश्यक तार उपलब्ध गराएको सांसद आचार्यका स्वकिय सचिब सुनिल पौडेलले बताए । जग्गाको भाडा सांसद आचार्यले नै व्यहोर्ने समेत पौडेलले जानकारी दिए ।आइतबार राती अबिरल बर्षासँगै आएको पहिरोबाट हाकुस्थित फुलबारी गाउँ उच्च जोखिममा परेको छ भने पहिरोले तीन घर पूर्ण रुपमा क्षति भएको छ । सुरक्षित बसोबासका लागि भौतारिरहेका ८ परिवारलाई सांसद आचार्यले सहयोग गरेका हुन् ।त्यसैगरी बिनासकारी भुकम्पमा आमाछोदिङ्मो गाउँपालिका १ र २ बाट बिस्थापित भई सदरमुकाम धुन्चेमा रहेका १ सय ५ घर परिवारलाई सांसद आचार्यले प्रति परिवार २५ केजी जिरा मसिनो चामल, तेल १ लिटर, २ पोका नुन र दाल २ केजी प्रदान गरेका छन् । उक्त सामाग्री प्रदेश सांसद प्रेम तामाङ, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ,नेपाली कांग्रेसका पार्टी सभापती पेम्बा छिरिङ तामाङले बिहिबार सदरमुकाम धुन्चेमा हस्तान्तरण गरेका हुन् ।





प्रतिक्रिया दिनुहोस्