• २५ माघ २०७९, बुधबार

कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा तीन जनाको मृत्यु । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो ।

कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।
कोरोना संक्रमित काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ घर भएका ४१ वर्षीया महिलाको हिजो पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती महिला पाठेघरको क्यान्सर र निमोनियाको समेत बिरामी रहेकी थिइन् । यस्तै, कोरोनाबाट पर्सा वीरगन्ज महानगरपालिका ३ छपकैया बस्ने ७४ वर्षीय पुरुषको पनि हिजै गण्डक अस्थायी कोभिड अस्पताल वीरगन्जमा निधन भएको मन्त्रालयले जनाएको छ ।

सक्रमित व्यक्तिमा मृत्युपछि लिइएको स्वाब नमुनाको परीक्षणमा कोरोना रोग पुष्टि भएको हो । ती व्यक्ति मधुमेह तथा दमका बिरामी समेत भएकाले बचाउन नसकेको चिकित्सकले बताएका छन् ।यस्तै, मोरङ विराटनगर ९ बस्ने ५८ वर्षीय पुरुषको पनि कोसी अस्पतालमा हिजो मृत्यु भएको हो उनी उच्च रक्तचापका बिरामी रहेका थिए ।
मन्त्रालयले आज तीनजनाको कोरानाको कारण ज्यान गएको पुष्टि गरेसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।





प्रतिक्रिया दिनुहोस्