• २४ माघ २०७९, मंगलवार

पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ४९९ जना बिरामी निको भएर घर फर्किए ।

पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको स्वास्थय मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नुवाकोटका एक जना सहित काठमाडौं उपत्यकामा मात्र ६२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लामा मात्र ५६ जना रहेका छन् भने ललितपुर र भक्तपुरमा ३÷३ जना संक्रमित थपिएका छन् ।
यस्तै, पर्साका ५५, बाँकेका ४९, मोरङका ३७, सर्लाहीका ३६, धनुषाका २०, महोत्तरीका १७, बाग्लुङका १३, सुनसरीका १०, काभ्रे, स्याङ्जा र बाराका ७÷७ जना तथा मकवानपुरका ६ जनमा संक्रमण पुष्टि भएको छ ।
रामेछापका ५, रौतहट, कञ्चनपुर र कैलालीका ४÷४ जना, ललितपुर, भक्तपुर, कास्की, सुर्खेत, बझाङका ३÷३ जना, चितवन, सिन्धुली, धादिङ र दोलखाका २÷२ जना तथा नुवाकोट, म्याग्दी, रुकुम पश्चिम, बर्दिया र जाजरकोटका एक÷एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा ४९९ जना बिरामी निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म १६ हजार ३ सय १३ जना संक्रमित निको भएर घर फर्किएका छन् । मुलुकभर ६ हजार २ सय ६ जना आइसोलेसनमा र क्वारेन्टाइनमा १० हजार ७ सय ९२ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।
कोरोना संक्रमणको लक्षण नदेखिएका संक्रमितहरु घरको आईसोलेसनमा बस्न सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले घरको आइसोलेसनमा बस्दा प्रयाप्त घाम लाग्ने र हावा आउने कोठामा बस्नुपर्ने, छुट्टै शौचालयका प्रयोग गर्नुपर्ने, खानपानमा ध्यान दिनुपर्ने लगायतका स्बास्थ्य सुरक्षाका मापदण्ड भने अनिबार्य पालना गर्नुपर्ने बताउनुभएको छ ।





प्रतिक्रिया दिनुहोस्