• २५ माघ २०७९, बुधबार

कोरोना संक्रमणबाट पोखरा – १९ का ६२ बर्षीय पुरुषको मृत्यु ।

पोखराको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट एकको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पोखरा – १९ का ६२ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । उनी साउन १७ गते कोभिड( १९ तथा मधुमेह मेलिटास भई पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानको आईसियुमा उपचाररत थिए। उनको साउन २४ गते करिब राति ११ः ३५ बजे उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक सह।प्रा।डा अर्जुन आर्चायले जानकारी दिनुभयो । यससँगै कोरोना भाइरसबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।





प्रतिक्रिया दिनुहोस्