नुवाकोटमा आज थप ३ जना कोरोना संक्रमित फेला परेको छ । सन्ध्या होटेल को क्वारेन्टाइन मा बसेका २ जना र त्रिसुलि हाइस्कुल को क्वारेन्टाइन मा बसेका १ जना समेत गरि ३ जना पुरुषमा कोरोना भाइरसको पीसीआर परीक्षणमा संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जिल्लामा हालसम्म ५७ जना संक्रमित भएका छन् । संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किसकेका छन् ।