नुवाकोटमा आज थप तीन जनामा कोरोना रोगको सक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षण प्रतिवेदन अनुसार बाहिरी जिल्लाबाट रोजगारको लागी नुवाकोट आइ क्वारेन्टीनमा बस्दै आएका तीन जनामा कोरोना रोगको सक्रमण देखिएको हो ।
सक्रमित व्यक्ति मध्ये बट्टार स्थित एक होटलको क्वारेन्टीनमा बस्दै आएका १८ र २२ वर्षका दुई पुरुष रहेका छन् भने त्रिशूली स्थित आफ्नै कोठाको क्वारेन्टीनमा बस्दै आएका ४६ वर्षका एक पुरुष रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । बट्टारमा सक्रमित देखिएका दुई युवा बट्टारस्थित आल्मुनियम काम्पनीमा काम गर्न नवलपरासीबाट आएर होटलको क्वारेन्टनीमा बस्दै आएका थिए भने त्रिशूलीमा बस्दै आएका पुरुष सप्तरीबाट आएर त्रिशूली स्थित आफ्नै कोठाको क्वारेन्टिनमा बस्दै आएका थिए ।
सक्रमित ती पुरुष नुवाकोटको एक विद्यालयमा शिक्षण पेशामा आबद्ध भएका थिए । सक्रमित तीन जनालाई नै आजै चिकित्सको निगरानीको लगी त्रिशूली अस्पतालको आइशोलेसनमा राखिएको छ ।
क्वारेन्टीनमा रहेका व्यक्तिमा कोरोना देखिएसगैँ बट्टार स्थित होटलमा सक्रमित व्यक्ति बस्दै आएको कोठामा शिल गरिएको छ । होटलको एउटा कोठामा तीन जना राखिएकोमा दुई जनामा कोरोनाको सक्रमण देखिएको र अर्का एक व्यक्तिमा भने रोग नभएको देखिएकाले पुनः परीक्षणको लागी आजै स्वावको नमूना निकालिएको छ ।
नुवाकोटमा आज तीन जना थपभएसगैँ कुल सक्रमतिको सङ्ख्या ५७ जना पुगेको छ । सक्रमति मध्ये त्रिशूली अस्पतालको आइशोलेशनमा १३ जना, खरानीटारमा एक जना र काठमाडौको विभिन्न अस्पतालमा ६ जना अहिलेपनि उपचाररत रहेका छन् । सक्रमित मध्ये ३७ जनाले रोगलाई जितेर घर फर्किएका छन् ।