नुवाकोट बिदुर नगरपालिकाको विभिन्न स्थानका किसानले लगाएको अन्नबालीमा बाँदरले क्षति पु¥याएपछि किसानको समस्यालाई समाधान गर्न भन्दै बिदुरनगरपालिकाले उपलब्ध गराएको बाँदर धपाउने बन्दुक प्रभावहिन देखिएको छ । बादर धपाउने बन्दुक नपड्कने तथा पड्कने पनि बादर नभाग्ने गरेको किसानले गुनासो गरेका छन् ।
विदुर नगरपालिकाले स्याङ्जाको एक निजी कम्पनीसंग लाखौ रुपैया खर्च गरेर खरिद गरि ल्याइएको बन्दुक अहिले बिदुर नगरपालिका वडा न २ मा भने बादर धपाउन प्रभाबकारी नभएको कृषक बिन्दा कुमारी साहले बताउनुभएको छ
बादर धपाउन पड्काए पनि आवाज सुनेर बादर भाग्नुको साटो उल्टो बादरले जिस्काएर कुट्न आउने गरेको अर्का किसान बिशाल रिमालले गुनासो गर्नुभएको छ
पिभिसी पाइपमा कार्वाइड प्रयोग गरी ग्याँस निकालेर आगो लगाएर पड्काउदा ठूलो ध्वनि निस्कने र सुन्दा बन्दुक पड्केको जसरी आवाज आउने हुदाँ यन्त्रबाट आउने ध्वनीले बाँदर सहित बँदेल भगाउने तर्साउने भएपनि विदुर नगरपालिकामा प्रभावहिन देखिएको हो ।
बन्दुक खरिद अनियमितता भएको देखि कमसल भएको गुनासो किसानले गर्दै आएको समयमा बन्दुकले काम नगरेपछि त्यसलाई पुष्टि गरेको छ । विदुर नगरपालिका गएको साता स्याङ्जाबाट एक सय थान बन्दुक खरिद गरेर बादरबाट प्रभावित भएका किसानलाई निःशुल्क उपलब्ध गराएको थियो ।