पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ८ हजार ५१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नुवाकोटका ३ जना सहित सबैभन्दा धेरै काठमाडौंमा ९० जना संक्रमित थपिएका छन् ।
यस्तै, पर्साका ७३ जना, धनुषाका ३७, मोरङका २८, बाँकेका २१, सप्तरी र कपिलवस्तुका १७÷१७ जना, महोत्तरीका १५ र रुपन्देहीका १० जनामा संक्रमण पुष्टि भएको छ । डोटीका ८, चितवनका ७, सुनसरीका ६, सिराहा, झापा, सर्लाही, बारा, नवलपुर, दाङ र जुम्लाका ४÷४ जना, नुवाकोट र डडेलधुराका ३÷३ जना, ललिपुर, बर्दिया, सुर्खेत र कालीकोटका २÷२ जना तथा रौतहट, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, पर्वत, पाल्पा, दैलेख र बैतडीका १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, २४ घन्टामा ४० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १६ हजार ३ सय ५३ जना संक्रमित निको भएर घर फर्किएका छन् । आजसम्म मुलुकभर ६ हजार ५ सय ४४ जना आइसोलेसनमा र क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।
यसैगरी, मन्त्रालयले कोरोना संक्रमित बिरामीहरुको बिषयमा सञ्चारमाध्यमले ब्यक्तिगत बिबरण समेत खुलाउने गरेको गुनासो आएको र जसले गर्दा समाजमा संक्रमितको जीबनशैलीमा नकारात्मक असर पर्ने भएकोले बिबरण गोप्य राख्न अनुरोध गरेको छ ।
बिभिन्न निजी अस्पतालले ब्यक्तिको घरमा नै गएर स्बाब संकलन गर्ने गरेको कार्यप्रति मन्त्रालयले ध्यानकर्षण भएको जनाउदै त्यस्तो क्रियाकलाप नगर्न नगराउन आग्रह गरेको छ । मन्त्रालयका प्रबक्ता गौतमले कोरोनाको उपचार नभएकोले अनिबार्य स्बास्थ्य सुरक्षाका मापदण्ड सहित तरिकाले अपनाउन अनुरोध गर्नुभएको छ ।