प्रताप लामा गेर्खु । अविरल वर्षासँगै आएको बाढीले विदुर नगरपालिका वडा नम्बर १० को गेर्खुखोलामा रहेको एक घर पुरेको छ भने १० घर उच्च जोखिममा परेको छ ।पात्ले खोलाबाट आएको बाढीले गेर्खु खोलाका स्थानिय रामहरि धमलाको घर पुरेको वडा नम्बर १० का वडा सदस्य विष्णु प्याकुरेलले जानकारी दिए । धमलाको घरमा अहिले नारायण न्यौपाने बस्दै आएका छन् । बाढी र पहिरोका कारण १० उच्च जोखिममा रहेको बताइएको छ । पहिरोले पुरेको घर वर पर लेदो माटाे ढुङ्गा पन्छाउने काम भइरहेको दामोदर खतिवडा ले जानकारी दिनु भयो ।
बाढी र पहिरोका कारण उच्च जोखिममा परेका १० भन्दा बढी घर जोखिममा परेसँगै बस्न योग्य नभएको स्थानिय सोहन धमलाले जानकारी दिए । बाढी र पहिरोले जोखिम बनाएको स्थानका स्थानियहरुलाई सुरक्षित स्थान मा राखिएको वडा अध्यक्ष गणेश नेपाल ले जानकारी दिनु भयो । बाढी र पहिरोले रोपिएको २०/२२ रोपनी धान खेतमा समेत क्षति पुराएको छ ।