• १८ माघ २०७९, बुधबार

अविरल वर्षाको कारण खसेको पहिरो ले ढिकुरे सडक खण्ड अवरुद्ध

नुवाकोट विदुर नगरपालिका वडा न २ स्थित शेरामा हिजोराति देखिको परेको अविरल वर्षाको कारण खसेको पहिरो ले सडक अवरुद्ध भएको छ। हिजो साझँदेखि परिरहेको पानी ले सडकमा रुखैसहितको पहिरो र माटो मिसिएको लेदो दर्जनौ ठाउहरु मा सडक झरेका कारण सडक अवरुद्घ पारेको हो ।

सडक निर्माणको लागि कटिङ्ग गरिएर अलपत्र छोडिएको कारण ठुलो ठुलो पहिरो गएको स्थानिय श्याम अधिकारी ले वताउनु भयो।उहाँको अनुसार पहिले पहिरो रोक्न तार जालि हालिएको भए पनि सडक कटिङ्म गर्दा तारजालि हटाएको कारण पहिरो आएको बताउनु भयो । अहिले सम्म ४ पटक पहिरो ले सडक अवरुद्घ पारीसकेको छ ।





प्रतिक्रिया दिनुहोस्