• २२ भाद्र २०८१, शनिबार

अविरल वर्षासँगै आएको बाढीले नुवाकोटका विभिन्न स्थानमा क्षति ।

अविरल वर्षासँगै आएको बाढीले नुवाकोटका विभिन्न स्थानमा क्षति पुर्याएको छ । विदुर नगरपालिकाको वडा नम्वर ६ स्थित खहरे खोलामा आएको बाढीले कृषि सडकको पुल जोखिममा पारेको छ । बाढीले पुलसँगैका घरहरुमा पनि जोखिम बढाएको स्थानीय प्रशान्त अर्यालले जानकारी दिए ।

बाढी पस्दा स्थानीयको खेत बगाएको छ भने चार घर जोखिममा परेका छन् । कृषि सडककै द्वारेखोलामा पहिरो जाँदा सवारी आवागमन ठप्प भएको छ ।
यस्तै विदुर नगरपालिकाको वडा नम्वर ३ र ६ को चैनपुरमा पनि पहिरोले तीन घर जोखिममा परेका छन् । पहिरोले घर जोखिममा परेपछि स्थानीयले घरभित्रका सामान सुरक्षित स्थानमा सारेका छन् । पहिरोले विदुर नगरपालिकाको वडा नम्वर–३ का विभिन्न ठाउ क्षति पुराएको छ । तेस्तै तारकेश्वर गाउँपालिकाको वडा न को १ छागे खोला यस्तै वडा न ५ को निक्लीनि खोला मा पहिरोले सडक अबरुद्ध हुदा केहि समय सवारी सम्पर्क विच्छेद भएको थियो । अहिले तारकेश्वर गाउपालिका पहलमा अबरुद्ध रहेको सडक जेसिभि को साहायता ले पहिरो पन्छाउने काम भइरहेको छ ।

यस्तै तारकेश्वर गाउपालिका वडा न ६ मा पर्ने भ्याउरे खोलाका को बाढि ले अन्नपात सहित गोठ बगाएको छ । साथै बाढि ले १० रोपनि खेत मा लगाएको धान बालि समेत नष्ट गरेको वडा न का ६ वडा अध्यक्ष ले जानकारी दिनुभयो । तेस्तै गएराति अबिरल बर्षा कारण किस्पाङ्ग गाउपालिका को वडा न ५ मनकामना मा पहिरो जादा किस्पाङ्ग जाने सडक अबरुद्ध भएको सो सडक खुलाउने प्रयास भइरहेको छ । तेस्तै अबिरल बर्षा कारण किस्पाङ्ग गाउपालिका वडा न ५ पहिरेबेशि मा ११ घर परिवार जोखिमा परेको किस्पाङ्ग गाउपालिका अध्यक्ष छत्र बहादुर लामा ले जानकारी दिनु भयो ।





प्रतिक्रिया दिनुहोस्