• २९ माघ २०८१, मंगलवार

मोटरसाईकल दुर्घटनामा तारकेश्वर गाउँपालिका–१ का बिरेन्द्र तामाङ को मृत्यु ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ बिशालटारमा ट्रक र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक नुवाकोटको तारकेश्वर गाउँपालिका–१ का २७ वर्षिय बिरेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।सोमबार दिउँसो करिव १ः३० बजे चितवनबाट मलेखु तर्फ आउँदै गरेको बा ८४ प ६९६६ नम्बरको मोटरसाईकल र चितवन तर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु भएको खड्काले बताउनुभयो । यस्तै घाईते हुनेमा मोटरसाईकलमा सवार धादिङको रुविभ्याली गाउँपालिका–३ का ३० वर्षका भोज बहादुर तामाङ रहेका छन् छन् । घाईते तामाङको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भईरहेको र ट्रक, मोटरसाईकल र ट्रकका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्