सरकारले प्रशोधित पानीको बोतल तथा जारको समर्थन मूल्य तोकेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आगामी भदौ १० देखि लागू हुने पानीको समर्थन मूल्य तोकेको हो । विभागका अनुसार प्रशोधित पानी एक बोतलको १६ रुपैयाँ र एकजार पानीको ५० रुपैयाँ मूल्य तोकिएको हो । यसअघि प्रशोधित एक बोतलको २० रुपैयाँ र एक जारको ६० रुपैयाँमा बिक्री भइरहेको विभागले जनाएको छ ।
उपभोक्ता अधिकारकर्मीले भने सरकारले निर्धारण गरेको पानीको मूल्यले आमउपभोक्तालाई राहत नभई घात भएको बताएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले जारको पानीको गुणस्तरको विषयमा वास्ता नगरी विभागले पानी उद्योगीसँग मिलेर जारको पानीको मूल्य बढाएको आरोप लगाउनुभएको छ । विभागले तोकेको नयाँ मूल्य भदौ १० गतेबाट लागू हुने र कार्यान्वयन नगरेको पाइएमा उपभोक्ता संरक्षण ऐन र नियावली अनुसार कारबाही गर्ने चेतावनी दिएको छ