• १८ माघ २०७९, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा ४ सय ८४ जनामा संक्रमण पुष्टि ।

नेपालमा थप ४ सय ८४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित पत्रकार सम्मेलनको क्रममा पछिल्लो २४ घन्टामा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । योसँगै नेपालमा संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका अनुुसार देशभरका प्रयोगशलामा १० हजार ४८१ नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा सबैभन्दा धेरै काठमाडौंमा १०९ संक्रमित भेटिएका छन् ।

मोरङका ४८, महोत्तरीका ४४, धनुषाका ३९, रौतहटका २४, ललितपुरका २१, सुर्खेतका १८, मकवानपुरका १६, सुनसरी, चितवन र, बाराका १५÷१५ जना, कास्कीका १३, झापा र सिराहाका १०÷१० जना, भक्तपुरका ९, रुपन्देहीका ८ सर्लाही र स्यााङ्जाका ६÷६ तथा सप्तरी, काभ्रे र दार्चुलाका ५÷५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, दैलेखका ४, कञ्चनपुर, पर्सा, अर्घाखाँची र रुकुम पश्चिमका ३÷३ जना, नुवाकोट, गोरखा, तनहुँ, दोलखा, धादिङ र डोटीका २÷२ तथा इलाम, ताप्लेजुङ, वैतडी, दाङ, बाँके, ओखलढुंगा, रामेछाप, जाजरकोट, कपिलवस्तु, खोटाङ, पाल्पा, सल्यान र बैतडीका १÷१ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा ६४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ । प्रवक्ता गौतमले क्वारेन्टाइनमा १४ हजार ८ सय ४६, आइसोलेसनमा ७ हजार ६ सय १३ रहेको जानकारी दिनुभएको छ । पछिल्लो २४ घन्टामा १० हजार ४ सय ८१ पीसीआर परीक्षण गरिएका छन् भने अहिलेसम्म ४ लाख ७३ हजार १७९ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्