• २२ भाद्र २०८१, शनिबार

दुप्चेश्वर गाउँपालिका मा पिसिआर परीक्षणको लागी आज १२५ जनाको नमूना संकलन सक्रमण देखिएसगैँ परीक्षणको दायरालाई बढाइयो

दुप्चेश्वर गाउँपालिकाबाट पिसिआर परीक्षणको लागी आज १२५ जनाको नमूना संकलन गरिएको छ स्वास्थ्य कार्यालय नुवाकोट र दुप्चेश्वर गाउँपालिका अन्तरगतको स्वास्थ्य शाखाको सयुक्त टोलीले यसअघि सक्रमित देखिएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रहेका १२५ जनाको नमूना संकलन गरेको हो । गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङको अनुसार यसअघि सक्रमित देखिएका व्यक्तिसंग सम्पर्कमा रहेका जनप्रतिनिधि, कर्मचारी, वित्तिय सस्थामा कार्यरत कर्मचार, व्यापारी तथा स्थानीय बजार क्षेत्रमा अग्रपक्तिमा रहेका व्यक्तिको नमूना संकलन गरिएको हो ।

स्वाब लिइएको मध्ये महिला ३६ जना र पुरुष ८९ जना रहेका छन् । आज संकलन गरिएको नमूनालाई परीक्षणको लागी भोलि काठमाडौ पठाउने स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यही सोमबार दुप्चेश्वर गाउँपालिकाको वडा नं. ६ का वडाध्यक्ष, ज्योती विकास बैक समुन्द्रटार शाखामा कार्यरत सुरक्षाकर्मी र क्वारेन्टीनमा रहेका अर्का एक व्यक्ति गरेर तीन जनामा कोरोना रोगको सक्रमण देखिएसगैँ नमूना परीक्षणको दायरालाई बढाइएको हो ।





प्रतिक्रिया दिनुहोस्