नुवाकोटमा आज थप एक जनामा कोरोना रोगको सक्रमित थपिएका छन् । नवलपरासी घर भएर रोजगारीको लागी विदुरमा आएर क्वारेन्टीनमा बस्दै आएका २१ वर्षका पुरुषमा कोरोना रोगको सक्रमण पुष्टि भएको हो । उनी बट्टारको एक होटलको क्वारेन्टीनमा बस्दै आएका थिए । नवलपरासीबाट तीन जना होटलको एउटै कोठामा बसेका मध्ये दुई जनालाई यसअघि कोराना रोगको सक्रमण देखिएको थियो । आज सक्रमण देखिएका व्यक्तिलाई यसअघि सक्रमण नदेखिएपनि उनीसगैँ कोठामा बस्ने अन्य दुईजनालाई सक्रमण देखिएसगैँ दोहो¥याएर गरिएको परीक्षणको प्रतिवेदनमा उनलाई कोरोना रोगको भएको नतिजा आज आएको हो ।
बट्टारको हावाघर स्थित एक आल्मुनियम कम्पनीमा कार्यरत रहेका ती पुरुष व्यक्ति दुई साता अघि नवलपरासीबाट ट्रक चढेर गल्छीसम्म आएका थिए भने त्यहाँबाट माइक्रोबस चढेर बट्टार स्थित होटलको क्वारेन्टीनमा बस्दै आएका थिए । सक्रमण पुष्टि भएसगैँ उनलाई बट्टार स्थित होटलबाट चिकित्सको निगरानीमा राख्न आजै त्रिशूली अस्पताको आइशोलेशनमा लागिएको छ ।
यसअघि, नुवाकोटमा हिजो दुई जनामा कोरोना रोगको सक्रमण देखिएको थियो । दुप्चेश्वर गाउँपािलका वडा नं ६ का वडध्यक्षलाई सक्रमण भएसगैँ उनको आफन्तलाई गरिएको परीक्षणमा थप दुई जनालाई रोगको सक्रमण भएको नतिजा आएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको थियो ।
दुप्चेश्वर गाउँपालिका वडा नं. ६ का वडाध्यक्षसगैँ काठमाडौमा गएका तादी गाउँपालिका वडा नं. ३ खरानीटार निवासी एक पुरुष र दुप्चेश्वर गाउँपालका वडा नं. ६ समुन्द्रटार निवासी अर्का पुरुषमा कोरोना रोगको सक्रमण पुष्टि भएको थियो । आज एक जना थपभएसगैँ नुवाकोटमा कुल सक्रमितको सङ्ख्या ६७ पुगेको छ । सक्रमित देखिएका मध्ये ४२ जना घर फर्किएका छन् भने त्रिशूली अस्पतालमा १४ जना, खरानीटार अस्पतालमा पाँच जना, काठमाडौको विभिन्न अस्पतालमा पाच जना गरेर २४ जना उपचारको क्रममा रहेका छन् ।सक्रमित अधिकांशको स्वास्थ्य अबस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।