• २५ माघ २०७९, बुधबार

नेपाल मा पछिल्लो २४ घन्टामा ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि अहिलेसम्म नेपालमा कोरोना रोग लागेर निको हुनेको सङ्ख्या १६ हजार ८३७ पुग्यो

कोरोना रोगबाट सक्रमित हुनेको सङ्ख्या आज ५२५ जना थपिएका छन् । पछिल्लो २४ घन्टामा ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । मन्त्रालयका अनुसार देशभरका ३८ वटा प्रयोगशालामा गरिएको नौ हजार ८५९ नमुना परीक्षणमा काठमाडौं उपत्यकामा आज १२७ जना सहित ५२५ जना नयाँ सक्रमित थपिएकाछन् । उनीहरुमध्ये काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना रहेका छन् । यसैगरी, मोरङ जिल्लामा ८८, धनुषाका ५३, पर्साका ३९, मकवानपुरका २८, सर्लाहीका २६, रौतहटका २५, कविलवस्तुका २१, सुनसरी र महोत्तरीका २०÷२० जना, रुपन्देहीका १२, चितवनका ११, बाँकेका १० र काभ्रेका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, इलामका ४ जना, रामेछाप, प्युठान, कास्की, नवलपुर र बर्दियाका ३÷३ जना, झापा, सिराहा, सिन्धुली र दाङका २÷२ जना तथा नुवाकोट, उदयपुर, बारा, दोलखा, नवलपरासी, तनहुँ, पाल्पा, सुर्खेत, बैतडी र डोटीका १÷१ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घन्टामा १०९ जना बिरामी निको भएर घर फर्किएसँगै अहिलेसम्म नेपालमा कोरोना रोग लागेर निको हुनेको सङ्ख्या १६ हजार ८३७ जना रहेका छन् । निको हुनेको सङ्ख्या कुल संक्रमितको करीब ६८ प्रतिशत रहेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको छ । देशभर सक्रिय संक्रमितको संख्या ८ हजार २५ जना रहेका छन भने क्वारेन्टाइनमा १४ हजार ७ सय ६९ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ९ हजार ८ सय ५९ पीसीआर परीक्षण गरि अहिलेसम्म ४ लाख ८३ हजार २८ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्