• २९ माघ २०८१, मंगलवार

सङ्क्रमणको जोखिम बढ्ने भन्दै स्वास्थ्य मन्त्रालयले सावधानी पूर्वक शव व्यवस्थापन गर्न अनुरोध

कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या दिनहुँ बढ्न थालेपछि नेपाल सरकारले शव व्यवस्थापनमा ध्यान दिन आग्रह गरेको छ । शव व्यवस्थापनमा सामान्य ध्यान पु¥याउन नसक्दा सङ्क्रमणको जोखिम बढ्ने भन्दै स्वास्थ्य मन्त्रालयले सावधानी पूर्वक शव व्यवस्थापन गर्न अनुरोध गरेको हो । मन्त्रालयले शवको व्यवस्थापन गर्दा परम्परागत चलिएको अन्तिम संस्कार गर्ने ठाउँ र अन्त्येष्टि गर्ने ठाउँमा विशेष सावधानी अपनाउनु आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार संक्रमितको शवलाई कपडाले राम्ररी बेरीसकेर शबबाट तरल पदार्थको चुहावट रोक्न नाक, मुख र कानमा कपास राख्नपर्ने, अस्पताल, शव परीक्षण गृह, चिहान, मैदान र शव वाहन चलाउने सबै व्यक्तिले सङ्क्रमण रोकथामको विधि अपनाइ सुरक्षाका सामग्रीको प्रयोग गर्नुपर्ने, अन्तिम संस्कारमा शव वाहन चालक, मलामी, आफन्त सबैले मास्क र सर्जिकल पन्जा अनिवार्य लगाउनुपर्ने मापदण्ड तय गरिएको छ । मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले शवले नखोक्ने, सास नफेर्ने, हाँच्छिउँ नगर्ने भएकाले व्यवस्थापनमा रहेका व्यक्तिलाई सिधै कोरोना सर्ने जोखिम नभएपनि मृत शरीरबाट तरल पदार्थ बगेको भएमा संक्रमणको जोखिम बढि हुने भएकाले शबको अन्त्यष्टि गरिसकेपछि मिचिमिची साबुन पानीले हात धुन आग्रह गर्नुभएको छ ।





प्रतिक्रिया दिनुहोस्