• ४ चैत्र २०८१, मंगलवार

भदौ १५ सम्म गैरलाभग्राही कायम भएको पत्र बुझ्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण को आग्रह

भूकम्पले घर लडाएर लाभग्राही कायम हुन नसकेका पीडितलाई पुनरावेदन गर्न चाहेमा भदौ १५ सम्म गैरलाभग्राही कायम भएको पत्र बुझ्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आग्रह गरेको छ ।
पाच वर्ष अघि गएको विनासकारी भूकम्पले घर लडाएर पनि घर बनाउनको लागी सरकारी अनुदान पाउने सूची लाभग्राही कायम नभएकाले व्यक्तिले पुनरावेदन मुद्धा लड्नको लागी दर्ता गर्दा आवश्यक पर्ने ‘गैरलाभग्राही भएको पत्र बुझ्न १५ दिनको समय थप गरिइएको हो ।आफूलाई लाभग्राही कायम गराउन भनेर मुद्धा दर्ता गर्नको लागी आवश्यक पर्ने कागज’ गुनासोकर्ताले सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) बाट गैरलाभग्राही कायम भएको पत्र लिन सक्ने प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार पुनरावेदन गर्न चाहने गुनासोकर्ताले पत्र बुझेको ३५ दिनभित्र पुनरावेदन दिइसक्नुपर्ने भएकाले मुद्धा दर्ताको लागी चाहिने कागजपत्र लिने समयसीमा यही साउन ३२ गतेसम्म रहेकोमा १५ दिन बढाएको हो । कोरोना रोगको सक्रमणको कारण विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञाको कारण निवेदन दिन आउजाउ गर्न सक्ने अबस्था नदेखिएको भन्दै प्राधिकरणले १५ दिनको लागी समय थप गरेको जनाएको छ । यसैगरी, अन्यत्र बसोबास योग्य घर भएका कारणबाट गुनासो सुनुवाईको अन्तिम निर्णय हुन बाँकी गुनासोकर्तालाई तोकेको प्रक्रिया अनुसार भदौ मसान्तसम्ममा सिफारिस बुझाइसक्न पनि प्राधिकरणले आज निकालेको सूचनामा उल्लेख गरेको छ ।

उनीहरुले सम्बन्धित जिल्ला स्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मा सिफारिश पेश गर्न भनिएको छ । यस्तै, प्रवलीकरण लाभग्राहीबाट पुनर्निर्माण लाभग्राहीमा परिवर्तन गर्न चाहनेहरुलाई सम्बन्धित वडा कार्यालयमा निवेदन दिई प्राधिकरणले तोके अनुसारका सिफारिशहरु तयार गरी निवेदन पेश गर्न पनि स्मरण गराएको छ । त्यस्ता लाभग्राहीले आागमी कात्तिक मसान्तसम्ममा सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाई ‘भवन कार्यालय’मा निवेदन पेश गर्न सक्ने व्यावस्था मिलाइएको छ । अहिलेसम्म अनुदान संझौता गर्न बाँकी लाभग्राहीहरुलाई आगामी भाद्र मसान्त भित्र अनिवार्य रुपमा अनुदान संझौता गरी पहिलो किस्ता लिन प्राधिरकणले सूचना जारी गरेको हो ।





प्रतिक्रिया दिनुहोस्