• १३ बैशाख २०८१, बिहीबार

संघीय सांसद डा सूर्यनारायण यादवलाई पनि कोरोना संक्रमण पुष्टि

संघीय सांसद डा। सूर्यनारायण यादवलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित डा। यादवमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो । ६४ बर्षीय डा। यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक संचालन गर्दै आएका छन् । बाल रोग विशेषज्ञ डा। यादव आफू अहिले स्वस्थ्य रहेको प्रतिक्रिया दिए ।

यादवले क्लिनिकमा उपचार गराउन आएका महोत्तरीका एक जना बालकबाट आफूलाई कोरोना सरेको बताए । ती बालकलाई सिरियस अवस्थामा उपचारका लागि ल्याइएको थियो । शुरुमा झाडापखाला लागेका बालकमा पछि निमोनिया पनि पुष्टि भएको थियो’ । उनले ती बालकलाई आफैंले उपचार गरेका कारण आफ्नो जाँच गराउँदा समेत पोजेटिभ आएको बताए । ‘शंका लागेर नौ दिनअघिदेखि नै आइसोलेसनमा बसेर स्वाब जाँच गराउन दिएको थिएँ’ उनले भने, ‘शुरुमा एकदमै शरीर दुखेपनि अहिले स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’





प्रतिक्रिया दिनुहोस्