• २६ बैशाख २०८२, शुक्रबार

सिन्धुपाल्चोक को लिदीमा गएको पहिरोमा १३ घर पुरिँदा ३७ जना बेपत्ता बेपत्ता भएकामध्ये ५ जनाको शव भेटिएको पुष्टि

जुगल गाउँपालिकाको वडा नम्बर २, गोल्चे लिदीमा गएको पहिरोमा १३ घर पुरिँदा ३७ जना बेपत्ता भएको गाउँपालिकाले जनाएको छ । जुगल २, लिदी लामाटोलका ३८ जना स्थानीय बेपत्ता भएको भन्दै जुगल गाउँपालिकाले सूची निकालेको छ । लिदी पहिरोमा परी बेपत्ता भएकामध्ये ५ जनाको शव भेटिएको पुष्टि गरे पनि विस्तृत विवरण भने प्राप्त नभएको सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । मृत्यु हुनेहरुको सनाखत भएको छैन ।सभामुख अग्नि सापकोटासँगै पुगेका नेपाली सेनाको टोलीले गम्भीर घाइते भएका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरेको छ । चार जना चौतारा अस्पताल र एक जनालाई काठमाडौंको सिभिल हस्पिटल पठाइएको डीएसपी काफ्लेले जानकारी दिए ।

शुक्रबार बिहान साढे ६ बजेतिर बस्तीमाथिको डाँडो भासिएपछि १३ घर पूरै पुरिएको र कम्तीमा ३० घरमा आंशिक क्षति पुगेको गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले जानकारी दिए । पहिरोबाट १५ जना भने सकुशल बाहिर निस्कन सफल भएको नेपालले बताए । पहिरोले पुरेर हराइरहेका ३७ जनाको पहिचान खुलेको छ । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले दिएको जानकारीअनुसार बेपत्ता हुने एउटै टोलका बासिन्दा हुन् । ३५ घरधुरीका ३७ बेपत्ताको पहिचान खुलेको छ,’ पुरिएर बेपत्ता हुनेमा मानबहादुर दोङ, जयबहादुर दोङ, प्रिया दोङ, कान्छो दोङ, सानोकान्छी दोङ, प्रिती दोङ, वाङ्छोलामो दोङ, धनमाया तामाङ, रेनिस दोङ, भेउमाया दोङ, मिलन दोङ, विमला दोङ, माइला दोङ, प्रकाश दोङ, साइँली दोङ, आयुष दोङ, सुभाष तामाङ, छविलाल दोङ, सोमरानी दोङ, धनलक्ष्मी दोङ र सिरमाया दोङ छन् । त्यसैगरी बिबिरानी तामाङ, बिबिलक्ष्मी तामाङ, सानुकान्छा दोङ, साङ्लोमो दोङ, सोनाम दोङ, हिरा कामी, जिते कामी, सानोकान्छी दोङ, दिन्दुस दोङ, सुरज दोङ, सुमन दोङ, करिष्मा दोङ, च्यामा दोङ, साङदोङ तामाङ, देउमाई दोङ र छिरिङ दोङ रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्