कोरोना रोगको सक्रमण समुदायसम्म फैलिएसगैँ रोगलाई थप भयाबह बन्न नदिनको लागी शिवपुरी गाउँपालिकाले अग्रपक्तिमा रहेर सेवा पुराउदै आएका व्यक्तिको नमूना संकलन गरेर परीक्षणको लागी पठाएको छ । शिवपुर गाउँपालिका स्वास्थ्य शाखाले गाउँपालिकाके जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य शाखा अन्तरगत सेवा प्रवाहगर्दै आएका स्वास्थ्इकर्मी, स्थानीय ब्यापारी लगायत गरेर ५४ जनाको स्वाब संकलन गरेर परीक्षणको लागी पठाएको हो । शिवपुरी गाउँपालिकाको कार्यपालिका सदस्य कुञ्जन नेपालीको अनुसार रोगको सक्रमण अन्य स्थानीयतहमा समुदायसम्म फैलिएको पुष्टि भएकाले शिवपुरी गाउँपालिकामा पनि रोगको सक्रमण पुगेको भएमा समयमै रोक्न र थप क्षति हुन नदिनको लागी अग्रपक्तिमा सेवा पुराउने व्यक्तिको नमूना जाँच गर्न पठाइएको हो ।
शिवपुरी गाउँपालिकामा अहिलेसम्म एक जनामा कोरोना रोगको सक्रमण देखिएको र ती व्यक्ति नि विदेशबाट आएर काठमाडौमा नै रहदाँ सक्रमण पुष्टि भएको भएको थियो । सक्रमण देखिएका व्यक्ति काठमडौमा नै रहदाँ रोग देखिएको र उतैको आइशोलेशनमा बसेकाले अहिलेसम्म शिवपुरी गाउाँपालिकामा रोगको सक्रमण आउन नदिनको लागी आफूहरु सक्रियतापूर्वक लागिरहेको र त्यही अनुसार सुरक्षित बनाउन सफल हुदै आएको गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभएको छ ।