• १ माघ २०८१, मंगलवार

नुवाकोटमा भैसी ब्यापारी मा कोरोना सक्रमण पुष्टि सक्रमितको सङ्ख्या ६८ पुग्यो

नुवाकोटमा आज एक जनालाई कोरोना रोगको सक्रमण पुष्टि भएको छ । विदुर नगरपालिका वडा नं. ६ बाणाको चौतारमा बसेर भैसीपाडा विक्री गर्दै आएका व्यक्तिमा कोरोना रोगको सक्रमण देखिएको हो । बारा घर भएपनि ती व्यक्ति लामो समयदेखि नुवाकोटमा बसेर भैसीपाडा विक्री गर्दै आएका व्यक्तिमा कोरोना रोगको सक्रमण देखिएसगैँ समुदायको वस्ती–वस्तीसम्म पनि रोगको फैलिएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालयको सहयोग विदुर नगरपालिकाले गरेको नमूना जाँच अन्तरगत २७ वर्षका व्यावसायीको पिसिआर परीक्षणको नमूना लिएर काठमाडौमा गरिएको जाँचमा आज कोरोना रोग भएको नतिजा आएको हो । बाणाको चौतारोमा बसेर किसानलाई भैसीपाडा विक्री गर्दै आएका ती व्यक्तिले आफू जिल्ला छाडेर कहीकतै नगएको दाबी गर्दै आएपनि उनी हरेक साता नै आफ्नो घर बाराको प्रवाणीपुर जाने आउने गरेको आरोप लागेपछि गरिएको जाँचमा कोरोना रोगको सक्रमण पुष्टि भएको हो । उनलाई चिकित्सको निगरानीमा राख्नको लागी आजै त्रिशूली अस्पतालको आइशोलेशनमा लगिएको छ । यसैबीच, सार्वजनिक स्थलमा बसेर भैसीँपाडा विक्री गर्दै आएका ब्यावसायीमा कोरोना रोगको सक्रमण देखिएसगैँ विदुर नगरपालिकालको वडा नं. ६ को क्षेत्रलाई सिल गरिएको छ ।

आज बसेको विदुर कार्यपालिका बैठकले वडा नं. ६ मा थप अन्य व्यक्तिका कोरोना रोगको सक्रमण फैलन नदिनको लागी चारकिल्ला क्षेत्र निर्धारण गरेर सिल गरेको जनाएको छ । मानिसको आउजाउमा समेत प्रतिबन्ध, बजार पसल तथा उद्योग धन्दा सञ्चालन गर्न नपाउने गरेर पूर्वमा आँपघारी चौतारोदेखि इनारपाटी इन्द्रज्योती सडक, पश्चिममा डिहीगाउँ, वडा कार्यालय महारनीडिही, दक्षिणमा चण्डीपोखरी क्षेत्र र उत्तरमा देवीघाट जलविद्युत केन्द्र जाने प्राधिकरण घुम्ती क्षेत्रभित्र अर्को आदेश नभएसम्मको लागी सिल गरिएकोछ । सिल गरिएको क्षेत्रमा खोजपड्ताल सुरु गर्ने, नमूना संकलन गरेर परीक्षणको दायरा बढाउने र थप सक्रमण फैलन नदिनको लागी सक्रिय भूमिका निर्वाह गर्ने स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटमा आज एक जना थपभएसगैँ कुल सक्रमितको सङ्ख्या ६८ पुगेको छ ।





प्रतिक्रिया दिनुहोस्