• ९ माघ २०८१, बुधबार

नुवाकोटको पञ्चकन्या गाउँपालिका प्रबेश गर्ने पिसिआर रिपोर्ट देखाउनु पर्ने

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि नुवाकोटको पञ्चकन्या गाउँपालिकाले थप कडाइ गरेको छ । जिल्ला बाहिरबाट विभिन्न नाका हुदै गाउँपालिका प्रवेस गर्ने नागरिकहरुबाट कोरोना भाइरसको सङ्क्रमण समुदाय स्तरमा फैलन नदिने उदेस्य सहित गाउँपालिकाले थप कडाइ गरिएको शुक्रवार सार्वजनिक गरिएको सूचनामा उल्लेख छ । गाउँपालिकामा प्रवेस गर्ने सम्पूर्ण नागरिकहरले पछिल्लो तीन दिन भित्रको पिसिआर रिपोर्ट देखाउनु पर्ने बताइएको छ । उक्त रिपार्टे नेगेटिभ भएमा मात्र गाउँपालिकामा प्रवेस गर्न पाउने निर्णय गाउँकार्य पालिकाको बैठकले गरेको प्रमुख प्रशासकीय अधिकृत नरेस पुडासैनीले बताउनुभएको छ

गाउँपालिका प्रवेस गर्ने नागरिकहरुको चेकजाँचलाई कडाइको साथ अघि बढाउन नाकाहरुमा कार्यरत सुरक्षाकर्मीहरुलाई आग्रह समेत गरिएको छ । पञ्चकन्या गाउँपालिकामा अहिलेसम्म ४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएकोकोमा ३ जना कोरोना जितेर घर फर्किसकेको स्वास्थ्य शाखा प्रमुख हेमनारायण महतोले जानकारी दिनुभएको छ । एक सङ्क्रमित खरानीटारमा निर्माण गरिएको आइशुलेसनमा उपचार गराइरहेका छन् ।





प्रतिक्रिया दिनुहोस्