• १८ माघ २०७९, बुधबार

कोरोना सक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई पाँच दिनपछि मात्र पीसीआर परीक्षण गराउन स्वास्थ्य मन्त्रालय को आग्रह

स्वास्थ्य मन्त्रालयले कोरोना सक्रमितको सम्पर्कमा गएका व्यक्तिलाई सम्पर्कमा गएको पाँच दिनपछि मात्र पीसीआर परीक्षण गराउन आग्रह गरेको छ । शरीरमा भाइरस प्रवेश गरेको पाँच दिन सम्म परिक्षण गर्दा संक्रमण नदेखाउन सक्ने भन्दै मन्त्रालयले पाँच दिनपछि मात्र पीसीआर परीक्षण गराउन आग्रह गरेको हो । तर पाँच दिन सम्म भने घरमै आइसोलेशनमा बस्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभएको छ ।

यस्तै, मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारका घटना बढेको भन्दै यस्तो नगर्न आग्रह गरेको छ । कसैले स्वास्थ्यकर्मी तथा कोरोना सङ्क्रमितलाई दुर्व्यवहार गरेमा कारबाही गर्ने पनि मन्त्रालयले चेतावनी दिएको छ । यसैगरी, मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले देशका सबै शिक्षण अस्पतालहरुलाई आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि छुट्टै भवनमा आइसोलेशनको व्यवस्था गरी एक तिहाई शैया कोरोना सङ्क्रमितको उपचारको लागि छुट्याउन पनि निर्देशन दिनुभएको छ





प्रतिक्रिया दिनुहोस्