• १८ माघ २०७९, बुधबार

पात्लेखोलामा आएको भलबाढीले गेर्खुखोला बस्तीका करीब एक दर्जन परिवार जोखिममा

विदुर नगरपालिका वडा न.ं १० स्थित पात्लेखोलामा आएको भलबाढीले गेर्खुखोला बस्तीका करीब एक दर्जन परिवार जोखिममा परेको छ । गेर्खुटारबाट गाविस भवन हुदै चोगते जाने विस्तार गरिएको सडकबाट जम्मा भएर अएको भलबाढी पात्लेखोलामा मिसिएर बहाब परिवर्तन गर्दै बस्ती तिर पसेपछि गेर्खुखोलामा रहेका दुई टोलका वस्तीको केही घर पुरेको छ भने अधिकांश घर जोखिममा परेको छ । बर्खायाम सुरुभएसर्गै पटक पटक आएको भलबाढीले क्ष्ाित पुराउने क्रममा गएरातीको भलबाढी वस्तीतिर पसेको हो । पात्ले खोलाको बाढी पसेर ठाकुरप्रसाद धमला, भरतप्रसाद धमला, रामशरण धमला, आशिष धमला, नारायण न्यौपाने, रामराजा ठकुरी, राजकुमार तामाङ, केदार धमला, गोपी धमला, यमुना ठकुरी, रामहरि दुलाल, बिमला पाण्डे लगायतको घरमा क्षति तथा जोखिम बढाएको छ । वस्तीको बीचबाट बग्ने गरेको पात्लेखोला केही समय अघिसम्म सानो कुलाभएपनि पछिल्लो समयमा गेर्खुटारबाट गाविस भवन हुदै चोगते जाने सडक विस्तारपछि खोलाको रुपमा लिन सुरु गरेको स्थानीय पीडित परिवारले बताएका छन् । सडकको भलनालीको निकास जम्मा हुदै वनबाट सोरिएर आएका बाढीले भूकम्प पछि पुर्ननिर्माण गरिएको ठाकुरप्रसाद धमलाको घर छोपेको छ भने अरु घरको आगान बगरमा परिणत गरेको छ ।

भलबाढीले पुराएको क्षतिको आज प्रदेस सांसद केशवराज पाण्डे, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, जिल्ला विपद् व्यावस्थापन समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्ले लगायतको टोलीले स्थलगत अवलोकन गरेर जोखिम मुक्त गराउनको लागी पहल गर्ने आश्वासन दिएइको छ ।
पीडित भएका स्थानीय बासिन्दाले पात्लेखोला केही वर्ष अघि खेतमा पानी ल्याउने कुलो भएपनि पछिल्लो समयमा सडकबाट आउने भलबाढीकै कारण खोलाको रुपमा लिएकाले सडकको निकासको सही व्यावस्थापन, पहिरोको जोखिम भएकाले त्यसको नियन्त्रण, पात्लेखोलाले परवर्तन गरेको बहाब रोक्नको लागी खोल नियन्त्रण कार्यक्रम र झण्डै ३० रोपनी उर्भरभूमिलाई बगरमा परिणत गरेकाले त्यसमा खेतीयोग्य बनाउन थुप्रिएका ढुङ्गामाटोको सही व्यावस्थापन गरिदिन माग गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्