• २८ बैशाख २०८२, आईतवार

बाढीपहिरोले अरनिको राजमार्गको बाह्रबीसे सडक अवरुद्ध आयात निर्यात ठप्प

तातोपानी सडक अवरुद्ध भएपछि तातोपानी भन्सार यार्डमा रहेका मालवाहक कन्टेनर रोकिनुका साथै आयात(निर्यात ठप्प भएको छ । व्यापारिक तथा औषधिजन्य सामग्रीका १५र२० वटा मालवाहक कन्टेनर लामो समयदेखि सुक्खा बन्दरगाहमै रोकिएको भन्सार कार्यालयले जनाएको छ । कोभिड(१९ सङ्क्रमण रोकथामका लागि चीनको न्यालम जिल्लाले छिमेकी जिल्ला सिन्धुपाल्चोकलाई सहयोगस्वरुप हस्तान्तरण गरिएका औषधिजन्य सामग्री भन्सारमै रोकिएका छन् । गत असार २४ गतेको बाढीपहिरोले बाह्रबीसेदेखि तातोपानी को २६ किलोमिटर खण्डमा पर्ने दर्जैनौं ठाउँमा क्षति पुर्‍याएको थियो । सोही समयमा पनि चिनियाँ भू(भागमा पनि ठाउँठाउँमा सडक बिग्रनुका साथै तिब्बत्को न्यालम जिल्लामा अवस्थित क्यारुङ च्छो ताल फुट्ने सम्भावना देखिएपछि चीनबाट सामान पठाउन बन्द गरिएको थियो ।

साथै मितेरी पुलमा कार्यरत सबै चिनियाँ कर्मचारी पनि उठेर गइसकेको भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए । बाढीपहिरो बन्द भएको उक्त सडक मर्मतपछि यही साउन १८ गतेदेखि सञ्चालनमा आए पनि पुनः अवरुद्ध भएको छ । हाल उक्त खण्डको डाक्लाङ र बुलकोटेमा सडक भास्सिएको छ । डाक्लाङमा करिब ३०० मिटर सडक पहिरोले बगाएको हुँदा दैनिक उपकरण लगाएर सफा गरे पनि पुनःबगाउने सडक डिभिजन कार्यालय दोलखाका प्रमुख डीई विजयकुमार महतोले बताए । सडक अवरुद्ध भएपछि सयौं मालवाहक कन्टेनर केरुङ हुँदै रसुवागढी नाका भएर ल्याउनुपर्दा ढुवानी भाडा बढी पर्नुका साथै भन्सार जाँचपासमा ढिलाइका कारण व्यापारी मर्कामा परेको नेपाल ट्रक कन्टेनर व्यवसायी सङ्‍घका अध्यक्ष अर्जुन सापकोटाले जानकारी दिए





प्रतिक्रिया दिनुहोस्