• २५ माघ २०७९, बुधबार

शङ्कास्पद बिरामीको उपचार गर्ने सबै अस्पताललाई अनुदान दिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार गरिरहेका अस्पताललाई अनुदान दिने भएको छ । मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर कोरोना भाइरस सङ्क्रमणको उपचार गर्ने अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश २०७७ बमोजिम सङ्क्रमित बिरामी तथा शङ्कास्पद बिरामीको उपचार गर्ने सबै अस्पताललाई अनुदान दिने जनाएको हो ।

उपचारबापत अनुदान दाबी गर्न दुई दिनभित्र विवरण बुझाउन मन्त्रालयले भनेको छ । तोकिएको समयभित्र विवरण नबुझाउने अस्पतालको हकमा कुनै कठिनाइ भएमा सम्बन्धित अस्पताल नै जिम्मेवार हुनुपर्ने मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्