• २१ माघ २०७९, शनिबार

आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर एकरएक रुपैयाँ बढाउने निर्णय

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर एकरएक रुपैयाँ बढाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय पाँच रुपैयाँ तथा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ९१र९१ रुपैयाँ कायम गरिएको उपाध्यायले जानकारी दिनुभयो । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार मूल्य बढाएको उहाँले बताउनुभयो । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् नै राखेको छ ।





प्रतिक्रिया दिनुहोस्