• १८ माघ २०७९, बुधबार

नुवाकोटमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो ४४ जना निको भएर घर फर्किए

नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ३ काहुले बजार निवासी एक पुरुष लाई कोरोना रोगको सक्रमण देखिएको छ । काठमाडौको ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा ३८ वर्षका तामाङलाई कोरोना रोगको सक्रमण देखिएको हो । सक्रमण भएको जानकारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गराएसगैँ उहाँले काठमाडौ स्थित आफ्नै कोठाको आइशोलेसनमा आराम गर्दै आउनुभएको छ । नेकपा किस्पाङ गाउँपालिकाको अध्यक्ष समेत रहनुभएका तामाङले कोरोना रोग लागेपनि आफूलाई केही नभएको र यसबाट बच्न सुरक्षित भएर तोकिएको मापदण्ड पालना गर्न र शंका लागेमा जाँच गराएर स्वास्थ्यमा ख्याल गर्न सके रोग जित्न सकिने उहाँले बताउनुभएको छ ।

नुवाकोटमा यसअघि ६८ जनाका कोरोना रोगको सक्रमण देखिएको र उनीहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेजस्तै नेकपा किस्पाङका अध्यक्ष वीरबल तामाङको अबसथा पनि सामान्य रहेको जानकारी दिनुभएको छ । आफूले संगत गरेका साथीलाई कोरोना रोगको सक्रमण देखिएसगैँ शंका लागेर जाँच गराउदा रोगको सक्रमण देखिएको भन्दै उहाँले आफूसंग सम्पर्कमा रहेका अन्यलाई पनि जाच गराउन अपिल गर्नभएको छ ।





प्रतिक्रिया दिनुहोस्