त्रिशूली अस्पताल नुवाकोटमा कोरोना रोगको पिसिआर परीक्षणका लागी उपकरण खरिद गर्न प्रक्रिया अघि बढाइएको छ । ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’बाट रकम उपलब्ध गराउन गरेर अहिले विदुर नगरपालिकाले बोलपत्र आह्वान मार्फत पिसिआर उपकरण खरिदको लागी प्रक्रिलया अघि बढाएको हो । नगरपालिकाले हिजो सार्वजनिक सूचना जारी गर्दै कोरोन रोगको सक्रमण जाँच गर्न चाहिने पिसिआर उपकरण खरिद गर्नको लागी नौ दिनको सूचना जारी गरेको छ । पिसिआर उपकरणको मूल्य बढीमा ७८ लाख ८६ हजार रुपैयाँसम्म हुने गरेर बोलपत्र आह्वान गरेको हो । यही साउन २३ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटमा सबेको जिल्ला संकट व्यावस्थापन समितिको बैठककमा नुवाकोट क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य नारायणप्रसाद खतिवडा पिसिआर उपकरण खरिदको लागी आवश्यक रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएसगैँ खरिद प्रक्रियाको काम विदुर नगरपालिका मार्फत अघि बढाइएको हो । नौ दिनको म्याद राखेर निकालेको सूचनाले बोल–कबुलमा जसले कम मूल्यमा पिसिआर उपकरण उपलब्ध गराउने, ल्याउने र जडान गर्ने प्रतिबद्धता जनाउछ सोही कम्पनी मार्फत खरिद गर्ने गरेर काम अघि बढाउन थालिएको सांसद् नारायणप्रसाद खतिवडाले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार बोलपत्र आह्वान मार्फत उपकरण उपलब्ध गराउन चाहनेलाई प्रतिस्पर्धा मार्फत छनोट भएमा त्यसलगत्तै जडानको काम गरेर नुवाकोटमै जाँच सुरु गरिने योजना बनाइएको छ । त्रिशूली अस्पतालको लागी पिसिआर उपकरण नुवाकोटमा कार्यरत गैह्रसरकारी सँस्था मार्फत माग गरेको र उनीहरुले सकारात्मक जवाफ दिएपनि प्रक्रिया ढिलो हुने भएपछि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम मार्फत ल्याउन लागिएको हो । त्रिशूली अस्पतालमा जडान गरिने पिसिआर उपकरणले नुवाकोट सहित रसुवा र धादिङका नागरिकको लागी समेत सेवा पुराउन सक्ने भएकाले ती जिल्लाबाट समेत आर्थिक र प्राविधिक सहयोग भित्र्याउनको लागी पहल भैरहेको छ । उपकरण खदिर भन्दा पनि निरन्तर सञ्चालनको लागी जनशक्ति लगायतमा महङ्गो पर्ने भएकाले नुवाकोटमा रहेका बाह्रवटै स्थानीयतह सहित रसुवा र धादिङसंग सहयोगको लागी समन्वय भैरहेको सांसद् नारायणप्रसाद खतिवडाले जानकारी दिनुभएको छ ।