• ९ माघ २०८१, बुधबार

पछिल्लो २४ घन्टामा ६४१ जनामा कोरोना संक्रमण पुष्टि निको हुनेको संख्या १७ हजार ३२५ पुग्यो

मुलुकभर ६४१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । देशभरका प्रयोगशालामा १२ हजार २४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १७२ जना संक्रमित थपिएका छन् । काठमाडौैं जिल्लामा १२६ जना, लनिको हुनेको संख्या १७ हजार ३२५लितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, मोरङमा १०० जना संक्रमित थपिएका छन् । बाराका ७८, पर्साका ७४, रुपन्देहीका ४८, धनुषाका ३७, चितवनका २७, रौतहटका १४, सप्तरी र कास्कीका ११÷११ जना, बाँकेका १० जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी र महोत्तरीका ८÷८ जना, कञ्चनपुर र तनहुँका ५÷५ जना, दाङका ४, कैलाली बर्दिया र सिराहाका ३÷३ जना, सुनसरी, कपिलवस्तु, सर्लाही, नवलपुर र रोल्पाका २÷२ तथा नुवाकोट, सिन्धुली, जुम्ला, रुकुम पश्चिम, इलाम, मकवानपुर, बाग्लुङ, पर्वत, झापा, लमजुङ र ताप्लेजुङका एक÷एक जना संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा १३४ जना डिस्चार्ज भएसँगै कोरोनाबाट निको हुनेको संख्या १७ हजार ३२५ पुगेको मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्