• २५ भाद्र २०८१, मंगलवार

नुवाकोट मा सक्रमितको सङ्ख्या ७२ पुग्यो आज एकै दिन ८ जना सहित ५४ जना निको भएर घर फर्किए

नुवाकोटको तादी गाउँपालिका वडा नं .४ का एक पुरुषलाई कोरोना रोगको सक्रमण पुष्टि भएको छ काठमाडौ शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको जाँचको आज प्राप्त नतिजामा ३५ वर्षका युवामा कोरोना रोगको सक्रमण देखिएको हो । काठमाडौ तिर नै बस्दै आएका ती व्यक्ति गएको असारमा नुवाकोट आएपनि त्यसपछि नआएकाले उनलाई यतै रोगको सक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । स्वास्थ्यमा समस्या देखिसर्गैँ शिक्षण अस्पतालका जाँच गराउन गएको समयमा दिएको नमूनाको नतिजामा कोरोना रोग लागेको पुष्टि भएको हो ।
उनलाई काठमाडौमै आइशोलेशनमा राखिएको छ ।

नुवाकोटमा आज यसअघि बागमति प्रदेशका उपसभामुख राधिका तामाङ र उहाँको छोरालाई कोरोना रोगको सक्रमण पुष्टि भएको र तादी गाउँपालिकाको वडा नं .४ का ३५ वर्षका पुरुष थपिएसगैँ कुल सक्रमितको सङ्ख्या ७२ पुगेको छ । त्यसमध्ये आज एकै दिन ८ जना सहित ५४ जना निको भएर घर फर्किएका छन भने १८ जना विभिन्न स्थानको आइशोलेशनमा चिकित्सको निगरानीमा उपचार गराउदै आएका छन् । कोरोनालाई जितेर घर फर्कने क्रममा आज त्रिशूली अस्पतालका अहेब सहित आठ जनाको कोरोना रोग नभएको नतिजा प्राप्त भएसगैँ आठ जना एकै दिन निको भएर घर फर्केको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डन डाक्टर रेमकुमार राईले जानकारी दिनुभएको छ ।





प्रतिक्रिया दिनुहोस्