पछिल्लो २४ घण्टामा नेपालमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले नेपालमा कुल कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको जानकारी दिनुभएको छ । मन्त्रालयका अनुसार उपत्यकामा १६८ संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंका १३९ जना छन् भने ललितपुरका १५ र भक्तपुरका १४ जना रहेका छन् । यस्तै, पर्साका ७७ जना, बाराका ५९, मोरङका ४०, रुपन्देहीका ३२, सुनसरीका ३१, प्युठानका २८, बाँकेका २४, सर्लाहीका १७, कैलालीका १६, कास्कीका १५, कञ्चनपुरका १२ र रौतहटका ११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी, झापाका ८ जना, सिन्धुपाल्चोकका ५, काभ्रे, स्याङ्जा, मकवानपुर र धादिङका ४÷४ जना, धनुषा र जुम्लाका ३÷३ जना, महोत्तरी, नवलपुर, कपिलवस्तु, तनहुँ र दाङका २÷२ तथा सल्यान, नुवाकोट, सप्तरी, डडेलधुरा, दैलेख, सुर्खेत, अर्घाखाँची र चितवनका १÷१ जनामा पनि संक्रमण देखिएको छ । नेपालमा अहिलेसम्म १७ हजार ४ सय ९५ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर १६० जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै नेपालमा निको हुनेहरुको संख्या १७ हजार नाघेको हो । मन्त्रालयका अनुसार अहिले मुलुकभर ९ हजार ६ सय ३९ जना कोरोना संक्रमितहरु आइसोलेसनमा रहेका छन् भने क्वारेन्टाइनमा बस्नेहरुको संख्या १५ हजार १ सय ९८ रहेको छ ।