कोरोना रोगको सक्रमण रोक्नको लागी अन्तिम विकल्पको रुपमा लगाइएको निषेधाज्ञाले आर्थिक क्षेत्र नराम्रोसंग प्रभावित भएको भन्दै निजी क्षेत्रले आपत्ति जनाएको छ ।
नुवाकोट उद्योग बाणिज्य संघ नुवाकोटका अध्यक्ष ताराबहादुर कार्कीले रोग नियन्त्रणको लागी स्वास्थ्य सुरक्षामा सतर्कता अपनाउनको लागी सचेतना जगाउनुको साटो लकडाउन र निषेधाज्ञा मात्र बढाउदै गएको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।
व्यावसायीलाई सरकारले कर संकलन, बैंकको ब्याज लगायतमा भने कुनै सहजता र सुविधा नदिई निषेधाज्ञा लगाएर आर्थिक क्षेत्रलाई प्रत्यक्ष असर पुगेको उहाँले गुनासो गर्नुभएको हो ।
रोग नियन्त्रणको लागी सेना समेत खटाएर घरबाट बाहिर कोही कसैलाई आउन नदिई पसल ब्यावसाय चलाउन नदिएपनि रोगको जाखिम थप भयाबह बन्दै गएकाले आर्थिक क्षेत्रलाई कमजोर बनाउनु बाहेक निषेधाज्ञा र लकडाउन लगाएर सरकारले केही गर्न नसकेको उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले टिप्पणी गर्नुभएको छ ।