• २५ माघ २०७९, बुधबार

बैंकको एटीएम बाट रकम झिकेपछि अनिवार्य रुपमा स्यानिटाइजर लगाउन सरकारको अपिल

नेपाल सरकारले बैंकको एटीएम मेसिनबाट रकम झिकेपछि अनिवार्य रुपमा स्यानिटाइजर लगाउन अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एटीएम मेसिनबाट रकम झिकेपछि हातमा स्यानिटाइजर लगाउन अपिल गरेको हो । सार्वजनिक स्थलमा रहेका एटीएम मेसिन एकै दिनमा धेरै मानिसहरुले प्रयोग गर्ने हुनाले कोरोना संक्रमणको जोखिम हुने गरेपनि धेरै बैंकहरुले एटीएम बुथमा स्यानिटाइजर राख्ने गरेको नपाईएको स्बास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रmममा प्रवक्ता डा. जागेश्वर गौतमले बैंकहरुलाई एटीएम बुथ बेला बेलामा डिस इन्फेक्सन गर्न पनि आग्रह गर्नुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको शव उनकै परिवारका व्यक्तिले स्वास्थ्यका मापदण्ड अपनाएर अन्त्येष्टि गर्न सकिने बताएको छ ।
कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शवबाट निस्कने तरल पदार्थबाट त्यसको प्रत्यक्ष सम्पर्कमा जाने व्यक्तिलाई कोरोना सर्ने सम्भावना रहेकोले तोकिएको स्वास्थ्य मापदण्ड अपनाएर परम्परा अनुसार अन्त्येष्टि गर्न सक्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभएको छ । प्रवक्ता गौतमले मृत्यु कसैका आफन्तका लागि संवेदनशील समय भएकोले त्यसको ख्याल गर्न सबैलाई आग्रह गर्नुभयो । शव व्यवस्थापनको फोटो, भिडियो खिचेर अनर्थ लाग्ने गरी सामाजिक सञ्जाल तथा सञ्चारमाध्ययममा आउने गरेको भन्दै उहाँले त्यस्तो नगर्न आग्रह गर्नुभएको छ





प्रतिक्रिया दिनुहोस्