• १७ जेष्ठ २०८३, आईतवार

उपत्यकाका तीन वटा जिल्लामा बुधबार रातिदेखि निषेधाज्ञा लागू हुने

काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा बुधबार रातिदेखि निषेधाज्ञा लागू हुने भएको छ । तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीको बैठकले भोलि मध्य रातदेखि भदौ १० गते मध्य रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक डीआईजी विश्वराज पोख्रेलले जानकारी दिनुभयो

निषेधाज्ञा लागू भएपछि अत्यावश्यक बाहेक घरबाहिर निस्कन पाइने छैन । उपत्यकामा कोरोना सङ्क्रमित बढेसँगै निषेधाज्ञा सुरु हुने भएको हो ।





प्रतिक्रिया दिनुहोस्