• २२ भाद्र २०८१, शनिबार

भद्रुटार को देउराली र उपरसेटमा पहिरो १४ घर जोखिमा

नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. ५ को भद्रुटार स्थित देउराली र उपरसेटमा पहिरोले १४ घर जोखिम बनाएको छ । अविरल वर्षाका कारण साविक भद्रुटार गाविसको वडा नं. २ देउराली डाँडामा पहिरो गएपछि स्थानीय अनिल तामाङको घर लडाएको छ । उहाँको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ पहिरोले घर लडाएसर्गैँ तामाङको परिवारलाई वडा कार्यालयले निरीक्षण गरेर त्रिपाल उपलब्ध गराई अस्थायी आवास बनाएर राखिएको वडाध्यक्ष डिल्लीबहादुर थापा ‘मधु’ले जानकारी दिनुभएको छ । उहाँको अनुसार देउरालीमा बस्तीनजिक ठूलो पहिरो गएको छ । त्यहाँ रहेका अन्य ४ घरहरु उच्च जोखिममा छन् । जोखिममा परेकालाई अनेत्र सार्नको लागी प्रयास भैरहेको छ । पहिरोले २५ रोपनी धानखेत र त्यत्ति नै बराबरको बारीमा समेत क्षति पु¥याएको छ ।

यसैगरी देउरालीभन्दा तल पर्ने साविक भद्रुटार गाविसको वडा नं. १ को उपरसेट टोलमा पनि नौ घर उच्च जोखिममा रहेका छन् । भूकम्पपछि पुनर्निर्माण गरिएका घरहरुलाई पहिरोले जोखिम बनाएको हो । जोखिममा परेका परिवारको लागी अन्यत्र लैजान पहल भैरहेपनि विकल्प तयार हुन बाँकी रहेको वडाध्यक्ष डिल्लीबहादुर थापा ‘मधु’ले जानकारी दिनुभएको छ । .
पञ्चकन्या गाउँपालिकामा वडा नं.२ को कविलास, वडा नं ४ को थप्रेक र वडा नं .५ को भद्रुटारमा बाढी र पहिरोको जोखिम रहेको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ‘रमेश’ले जानकारी दिनुभएको छ । पहिरोले बस्ती जोखिम बनाएसगैँ केहीको घरको आगन–पिढीँसम्म नै पहिरो बगेकाले सुरक्षित स्थानमा स्थान्तरण र जोखिम न्युनिकरण गर्न पहल भैरहेको प्रमुख पै्रशासकीय अधिकृत नरेश पुडासैनीले जानकारी दिनुभएको छ । उहाँको अनुसार भद्रुटारको देउराली र उपरसेटमा गएको पहिरो र घरमा क्षति सहित वस्ती जोखिममा पुगेपछि त्यसको रोकथाम र समस्या समाधानको लागी आइतबार गाउँपालिकास्तरीय विपद् व्यावस्थापन समितिको बैठक आह्वान गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्